गठबन्धन दलले आज कुटनितिज्ञहरुसँग भेट गर्दै

गठबन्धन दलले आज कुटनितिज्ञहरुसँग भेट गर्दै

  • बिहिबार, बैशाख ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ९ वैशाख । 

दोस्रो चरणको आन्दोनको तयारीमा रहेको मधेशी मोर्चाले आज नेपालस्थित विदेशी कुटनितिक नियोगका पदाधिकारीहरुसँग भेट गर्दैछ ।

आफूहरुको माग र आन्दोलनबारे कुटनितिज्ञहरुलाई प्रष्ट पार्ने उदेश्यले भेट गर्न लागिएको मोर्चा आवद्ध दल संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

राजधानीको लाजिम्पाटस्थित होटल र्याडिसनमा अपरान्न ३ बनेपछि हुने भेटमा मुलुकको पछिल्लो अवस्था, नयाँ संविधान र मोर्चाले राखेका मागबारे छलफल हुने बताइएको छ ।

कुटनितिज्ञहरुसँगको छलफलपछि मधेशी मोर्चा तथा जनजाति दल आवद्ध संघिय गठबन्धनले आजै आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

अपरान्ह बस्ने मोर्चाका शीर्ष नेताहरुको बैठक र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिसंगको छलफलपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने गठबन्धन आबद्ध सद्भावना पार्टीका महसचिव मनिसकुमार सुमनले जानकारी दिनुभयो ।

यसअघि राजधानी केन्द्रित आन्दोलन गर्ने तयारीमा रहेको गठबन्धन क्षेत्रीयस्तरमा आन्दोलन विकेन्द्रित गर्ने निष्कर्षमा पुगेको छ । यद्यपी आन्दोलनको नेतृत्व कसले लिने भन्ने विषयमा गठबनधन आवद्ध दलहरुबीच नै मतभेद देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ