काठमाडौ ९ वैशाख ।
नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको विकल्प खोजिहाल्नु पर्ने अबस्था नरहेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियनले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले राजदूत नियुक्ति लगायतका विषयमा सरकार एकल ढंगले अघि बढे पनि विकल्प भने नखोजिने बताउनु भयो ।
उहाले दलहरुबीच राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो । संविधान कार्यान्वयन, मधेश समस्या समाधानका लागि दलहरुबीच राष्ट्रिय सहमति आबश्यक रहेको उहाको भनाइ छ ।
कांग्रेस महाधिवेशनमा लागेकोले असन्तुष्ट मधेसवादी दलहरुसँग छलफल गर्न नसकिएको स्वीकार्दै उहाले आन्तरिक कामहरु सकिएकाले अब समस्या समाधानमा कांग्रेसले अग्रसरता लिने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline