नेपाल टेलिकमद्धारा विभिन्न सुविधा सहित सुधारको मार्ग चित्र सार्वजनिक

नेपाल टेलिकमद्धारा विभिन्न सुविधा सहित सुधारको मार्ग चित्र सार्वजनिक

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

बैशाख ८ काठमाण्डौं । नेपाल टेलिकमले गुणस्तरमा तीव्र गतिमा सुधार गर्ने प्रतिवद्धता सहित विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।
’’सुधारको मार्ग चित्र ’’ नाम दिएर आज घोषणा गरिएको कार्ययोजनामा केही महिनामै गुणस्तर सुधार एवं न‘या सुबिधा दिने जनाईएको छ ।
आज टेलिकमको प्रधान कार्यलय भद्रकालीमा सञ्चार मन्त्री शेरधन राईको उपस्थितिमा उक्त कार्ययोजना घोषित गरिएको हो ।
कम्पनीका प्रवन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले सुधारको मार्ग चित्र नामक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

अन्य कम्पनीसग‘ प्रतिस्पर्धा गर्नका लागि ऐनमा परिमार्जन गर्नु पर्ने , कर्मचारीको उच्च शिक्षाको लागि कार्येयोजना , ग्राहक प्रति को व्यबहार, आचरण, पोशाक जस्ता क्षेत्रमा नया योजना ल्याईने भएको छ ।
यसै गरी गुनासो सुनी कार्यन्वयन गर्ने, देसै भरिका ठुला साना सम्भव भएको ठॉउमा सौर्य प्रणाली जडान गरिने ,कर्मचारीको कार्य सम्पदन क्षमतालाई बैज्ञानिक मुल्यांकन गर्ने टेलिकमले घोषणा गरेको छ ।
यसै महिनाबाट खरिद र लिलामी प्रक्रिया पारदर्शी बनाउने ,आउदो असार सम्म बिहान ७ देखि बेलुकी ७ सम्म साधारण सेवा र अत्यावस्यक सेवा २४ घण्टा दिने पनि कम्पनीको भनाई छ ।
आउदो जेष्ठबाट बैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई निशुल्क सिम दिने लगायत अन्य योजनाहरु पनि सार्वजनिक गरिएको छ ।

यस्तै चीनसग‘को क्रस बोर्डर अप्टिकल फाईबर जेष्ठ मसान्तबाट सञ्चालन गर्ने, वैदेशिक रोमिङ तथा रिचार्ज व्यवस्था सहज बनाउन विभिन्न प्रकृया अपनाउने, आगामी आर्थिक वर्षबाट मोवाईल मनि सेवा शुरुवात गर्ने, काठमाण्डौं महानगरपालिका र उपमहानगरपालिकामा फोर जी सेवा विस्तार गर्ने र अन्य स्थानहरुमा थ्री जी सेवा विस्तार गर्ने लगायतका योजनाहरु सार्वजनिक गरिएको छ ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकम राज्य र जनताको लगानी भएको, राष्ट्रिय भावना बोकेको तथा नेपाली जनताको सबैभन्दा धेरै माया, विश्वास र भरोसा भएको संस्था भएकाले अब परम्परागत इतिहास, कामना, चाहना र भावनाले मात्र काम नगरी नयाँ उद्देश्य, लक्ष्य र इच्छाशक्तिका साथ काम गर्नु पर्ने आवश्यकता औंल्याउनु भएको थियो ।

मन्त्री राईले नेपाल टेलिकमलाई पनि परिवर्तित चाहना, माग र आवश्यकतालाई ध्यानमा राखेर गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्नका लागि सो मार्गचित्रले सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले दूरसञ्चार क्षेत्र समस्याको खानी भन्दा पनि अवसर र सम्भावनाको क्षेत्र भएकाले बिज्ञहरुको सल्लाहलाई समेत ध्यानमा राखेर तिथिमिति सहितको सुधारको कार्ययोजना निर्माण गरेको बताउनु भयो ।
उहाँले कम्पनीमा भएको सुधारको कार्य प्रगति बारेमा समीक्षा गर्नका लागि विभिन्न संयन्त्रको व्यवस्था गरिएको समेत जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी