बैशाख ८ काठमाण्डौं । सरकारले बैशाख १० का लागि तोकिएको कर्मचारीको निर्वाचन आगामी जेष्ठ १९ गते का लागि सारेको छ ।
एमाओवादी सहित विभिन्न दल निकट कर्मचारी संगठनहरुको निरन्तरको आन्दोलन र दवावका कारण चुनाव स्थगित भएको हो ।
हिजोको मन्त्रीपरिषद्को बैठकले चुनाव सार्ने निर्णय गरेको हो । चुनाव चैत्र २८ बाट बैशाख १० मा यस अघि पनि सारिएको थियो ।
आफूहरुसँग सल्लाह नै नगरी विधि र प्रक्रियाविपरीत ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेसी निजामति कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । २० प्रतिशतको थ्रेसहोल्ड हटाई आधिकारीक ट्रेड युनियन समावेशी चरित्रको हुनु पर्ने समेत माग राखेर आन्दोलन गर्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline