ईलाम, ६ बैशाख । एमालेका नेताहरु माधव नेपाल र झलनाथ खनाल आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकुल हुने गरी सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनु भयो ।
उहाले केही दिन अघि प्रधानमन्त्री ओलीकै विकल्प खोज्न सकिने बताउनु भएको थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता खनालले सरकारले वर्तमान सरकार भूकम्प पिडितको सेवा र पुनर्निर्माणको काममा सुस्ताएको टिप्पणी गर्नु भएको छ ।
प्रेस चौतारी इलामले सदरमुकाममा आज गरेको पत्रकार सम्मेलनमा खनालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पनि सरकारलाई भूकम्पपीडितको सेवामा तत्काल लाग्न आग्रह गरेको बताउनु भयो ।
यस्तै , एमालेका अर्का बरिष्ठ नेता माधवकुमार नेपालले पनि सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भयो ।
प्रेस चौतारी नेपाल नवलपरासीले आज कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले काग्रेसलाई समेत सहमतिमा ल्याएर सरकार बनाई सविधान कार्यन्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।
केही दिन अघि बैठकमा ओलीले गुटबन्दी गरेको भन्दै खनाल र नेपालले विरोध जनाएका थिए ।