सरकार जनताप्रति अनुत्तरदायी भएको कंग्रेस संसदीय दलको आरोप

सरकार जनताप्रति अनुत्तरदायी भएको कंग्रेस संसदीय दलको आरोप

  • सोमवार, बैशाख ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बैशाख ६, काठमाडौं । नेपाली कंग्रेस संसदीय दलले राष्ट्रिय मुद्दा र जनताका सवालको सम्बोधनका लागि यथाशिघ्र संसद बैठक बोलाउन कंग्रेस संसदीय दलले माग गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले सरकार जनताप्रति अनुत्तरदायी भएको आरोप लगाउदै तत्काल संसद बैठक बोलाएर जनजीविकाका सवालमा छलफल गर्नुपर्ने माग गरेको हो ।

भुकम्प गएको बर्ष दिनसम्म पनि पीडितमुखी पुनर्निर्माणको कार्यक्रम तर्जुमा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

बैठकमा सांसदहरुले नाकाबन्दीपछि सरकार आफैंले कालोबजारीलाई प्रश्रय दिएको, जनताको दैनिकी र जनजिविकालाई नजरअन्दाज गरेको आरोप लगाएका थिए ।

सांसद रामहरि खतिवडाका अनुसार राष्ट्रिय मुद्दा र जनताका सवालको सम्बोधनका लागि संसद बैठक आवश्यक रहेको बैठकले निश्कर्ष निकालेको बताउनु भयो ।
बैठकमा सरकारमा सामेल दलहरुले न्यायालयमा गरेको हस्तक्षेपबारे पनि सांसदहरुले आवाज उठाउँदै प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा पार्टी सभापति शेरबहादुर देउबाले कडा प्रतिवाद गर्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै बैठकले ट्रेड युनियनको आसन्न निर्वाचनमा पार्टी निकट संगठनबाट उम्मेद्वार बनेकाहरुको पक्षमा जिल्ला जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ