काठमाडौ ५ वैशाख ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोका महानिर्देशक इरिना बाकोभा आज काठमाडौ आउदै हुनुहन्छ ।
भूकम्पपछिको पुनरनिर्माण तथा पुनस्थापना प्रक्रियाबारे जानकारी लिन तीन दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नु भएको हो ।
नेपालमा रहनु हुँदा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री कमल थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेल लगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
महानिर्देशक बाकोभाले युनेस्कोद्धारा सन्चालित परियोजना स्थलको अवलोकन गर्नुका साथै लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको नेपालस्थित युनेस्कोको कार्यलयले जनाएको छ ।
सन् १९९८ देखि नेपालमा युनेस्कोले कार्यालय स्थापना गरेर शिक्षा, विज्ञान, सँस्कृति र सुचनाको क्षेत्रमा काम गर्दै आएको छ ।