काठमाडौ ५ वैशाख ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले आजदेखि द्वन्द्वकालमा भएको मानव अधिकार हननका घटनामा उजुरी संकलन गर्दैछ ।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १० वर्षपछि आयोगले द्धन्द्धकालका घटनामा छानबिको औपचारिक प्रक्रिया सुरु गर्न लागेको हो ।
२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गते सम्म राज्य र तत्कालिन माओवादीबिच भएको द्वन्द्वमा मानव अधिकारका गम्भीर उल्लंघनमा परेकाले उजुरी दिन सक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार आगामी असार २ गतेसम्म उजुरी संकलन गर्नेछ । पीडितले चिठ्ठी, इमेल तथा फ्याक्स्मार्फत र टोल फ्रि नम्बर १६००१०००२० बाट पनि उजुरी दिन सक्नेछन् ।
मेलमिलाप आयोगले द्धन्द्धकालमा ज्यान गुमाएका, मारिएका, घाइते पारिएका, अपहरण गरिएका र अरु यस्तै खाले गम्भीर घटना हेर्नेछ ।
यसअघि बेपत्ता छानबिन आयोगले पनि उजुरी संकलनको काम सुरु गरिसकेको छ । देशभरका शान्ति समिति सचिवालय मार्फत पीडितले उजुरी दिन सक्ने आयोगले जनाएको छ ।