संयुक्त उद्योग व्यापार यातायात महासंघले ७५ ओटै जिल्लामा कृषि फर्म खोलिने

संयुक्त उद्योग व्यापार यातायात महासंघले ७५ ओटै जिल्लामा कृषि फर्म खोलिने

  • शनिबार, बैशाख ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ, ४ बैशाख । संयुक्त उद्योग व्यापार यातायात महासंघले उद्योगी मजदुरविच विद्यमान समस्याहरुको पहिचान गरी औधोगिक बिकाशका लागि सहज वातावरण बनाउने निर्णय गरेको छ । यस्तै बजार अनुगमनसहित कालाबजारीयाको पहिचान गर्दै सार्वजनिक भण्डाफोर गर्ने निर्णय समेत गरेको छ ।

महासंघको शुक्रबार सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनका निर्णय तथा आगामि कार्यदिशा सार्वजनिक गर्न राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा बाल्दै महासंघका अध्यक्ष युवराज पराजुलीले बजारको माग र सम्भाव्यता अध्ययन गरी देशका ७५ ओटै जिल्लामा कृषि फर्म खोल्ने जानकारी दिनुभयो । यस प्रकारको कार्यले कृषक र उद्यमीहरुलाई आत्मनिर्भर बन्न अधिकतम् सहयोग मिल्ने उहाँको भनाई छ ।

एकीकृत औद्योगिक वातावरण तयार गर्र्नु अहिलेको आवश्यक्ता भएकोमा उहाँले जोड दिनुभयो । यस्तै महासचिव प्रकाश वस्नेतले संगठनले सडक व्यावशायी देखि ठुला व्यावशायीलाई मिलाएर अघि बढ्ने बताउनुभयो ।

संगठनको बैशाख ३ गते सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले पराजुलीको अध्यतामा ५१ सदस्यीय केन्द्रिय कार्य समिती चयन गरेको छ । यस्तै १६ विभाग, ३५ पेसागत बस्तुगत संघ, १४ भौगोलिक क्षेत्रमा संगठनका निती तथा कार्यक्रमलाई अघि बढाउने समेत निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ