काठमाडौ ३ चैत्र । हिन्दु धर्मावलम्बीहरुले भगवान श्रीरामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाइदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन यो पर्व मनाउने गरिन्छ ।
त्रेता युगमा आजकै दिन अयोध्यमा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने श्रीरामको जन्म भएको दिनको सम्झनामा देशभरी श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी यो चाड मनाउने गरिन्छ ।
आजका दिन बिहानै नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म रामायण वाचन गर्ने तथा श्रीरामको पूजाआराधना गरी रातभर भजनकिर्तन गर्ने पराम्परा छ ।
आजका दिन नवमीको व्रत बसी रा महिमा भएको ग्रन्थको पूजापाठ र जपध्यान गर्नाले मनले चिताएको कार्य पूरा हुने धार्मिक विशवास रहिआएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline