बैशाख ३ काठमाण्डौं । भारतले आफ्नो मुलुकमा किनेको बाहेक अन्य मुलुकबाट आएको दमकल र एम्बुलेन्स समेत ल्याउन रोक लगाएको छ ।
भारतको यस कदमलाई जानकारहरुले अमानवीय र गैरकानुनी भएको टिप्पणी गरेका छन् ।
गोरखा ब्रिटिश फाउण्डेशनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको दमकल र एम्बुलेन्स कोलकत्ता बन्दरगाहमा ८ महिनादेखि थन्किएर बसेको छ ।
झापाका पूर्व बासिन्दा तथा बेलायतका पूर्व काउन्सीलर धन बहादुर गुरुङको पहलमा पठाईएको एउटा दमकल र एम्बुलेन्स भारतले कोकलत्ताबाट ल्याउन दिएको छैन ।
भारतीय अधिकारीहरुले नेपालले एम्बुलेन्स र दमकल चाहेमा आफ्नै मुलुकबाट किनेर लानु पर्ने तर तेस्रो मुलुकबाट आएको नदिने भन्दै रोकेका छन् ।
यस विषयमा नेपाल सरकारले कुनै प्रतिकृया जनाउन नसकेको भन्दै विरोध शुरु भएको छ । बेलायतबाट यो एम्बुलेन्स र दमकल पठाईएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline