काठमाडौं, २ वैशाख । साउदी अरेवियाका लागि नेपालका कार्यवहाक राजदूत आनन्दप्रसाद शर्मालाई एक नेपालीले छुरा प्रहार गरेका छन् ।
रियादमा रहेको नेपाली राजदूतावासको कार्यालयमै रहेका बेला राजदूत शर्मामाथि राजदूतावासमा शरण लिएर बसेका नेपालीले छुरा प्रहार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तीन महिनादेखि दूतावासमा शरण लिएर बसेका नेपालीले छुरा हानेको जानकारी आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।शर्माको किङ् फइजल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको उहाँले जानकारी दिनु भयो ।
छुरा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । छुरा प्रहार गर्नुको कारण चाहिँ खुलेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline