काठमाण्डौमै २४ हजार बालबालिका स्कुल जानबाट बञ्चित

काठमाण्डौमै २४ हजार बालबालिका स्कुल जानबाट बञ्चित

  • बिहिबार, बैशाख २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौं, बैशाख २, २०७३ । हामी सबैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा भन्ने मुल नाराका साथ सरकारले आजबाट विद्यालय भर्ना अभियान सञ्चालन गर्दै छ ।

विशेष स्कुलमा भर्ना नभएका एक सय ३० भन्दा बढी छनौट भएका गॉउहरुमा घर–घरमा गई बालबालिका बिद्यालय भर्नाका लागि आगामी १४ गते सम्म अभियान चलाउने र त्यस भित्र छुटेकालाई फेरी दोस्रो चरणको अभियान चलाईने शिक्षा विभागको भनाई छ ।

विगत १२ वर्षदेखि यस्तो अभियान चलाउने गरिएको छ । यद्यपि अझै पनि ५ लाख ५१ हजार ५ सय ४२ बालबालिकाहरु अझै पनि स्कुल जानबाट बञ्चित रहेको शिक्षा विभागको तथ्यांङक छ ।

राजधानी रहेको काठमाण्डौं जिल्लामा समेत २४ हजार बालबालिका स्कुल जान पाएका छैनन् । रौतहटमा सबै भन्दा बढी २८ हजार बालबालिका विद्यालय जान पाएका छैनन् ।

शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालले विद्यालय भर्ना नहुनेमा सिमान्तकृत र विपन्न वर्गका बालबालिका धेरै रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ