काठमाण्डौ, १ बैशाख ।
नेकपा एमालेको केन्द्रिय कार्यसमिति बैठक आज पनि बस्दैछ । अपरान्ह ३ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष केपी ओलीले प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ दिनुहुने कार्यसुची छ ।
बैठकमा १० वटा टोलीले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले जवाफ दिनुहुने सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
यसअघि बैठकमा बोल्ने सदस्यहरुले विभागहरुलाई यथासिघ्र पूर्णता दिनुपर्ने, पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने तथा सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउनु पर्ने लगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
यस्तै आजको बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगले समेत आफ्नो प्रतिवेदन पेश गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline