काठमाडौं, ३० चैत्र ।
गृहमन्त्री शक्ति बस्नेतले भूकम्पपीडितको यकिन तथ्यांक अझैपनि प्राप्त भइनसकेको बताउनु भएको छ ।
आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितको संख्या यकिन हुन नसकेको र कतिपय वास्तविक पीडितले समेत राहत नपाएको बताउनु भयो ।
उहाले विपद् व्यवस्थापनका लागि सरकारले आफ्नो तयारी गरिरहेको समेत बताउनु भयो । बैठकमा सांसदहरुले विपद् व्यवस्थापनका लागि ठोस कार्ययोजना ल्याउन माग गरेका थिए ।
सो क्रममा कतिपय सांसदहरुले प्रत्येक जिल्लामा एउटा हवाई मैदान बनाउनुपर्ने माग समेत गरेका छन् । समितिले विपद् व्यवस्थापनका लागि विधेयक ल्याउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline