वर्तमान सरकार सबै क्षेत्रमा असफल :नयाँ शक्ति संयोजक भट्टराई

वर्तमान सरकार सबै क्षेत्रमा असफल :नयाँ शक्ति संयोजक भट्टराई

  • मङ्लबार, चैत्र ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ,३० चैत्र ।
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको दावी गर्नु भएको छ ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा रहिरहने नैतिक आधार नभएको बताउनु भयो ।

सरकारको गतिविधि र भाषा पञ्चायती व्यवस्था झैं भएको भन्दै भट्टराईले सरकार अराजकता, कालाबजारी, तस्करी र भ्रष्टाचारलाई प्रश्रय दिनमा लागेको आरोप समेत लगाउनु भयो ।

विगतमा भएको सहमति र सम्झौता तथा आयोग र संविधान सभाको समितिको सुझावका आधारमा मधेश समस्याको समाधान गर्नुपर्नेमा भट्टाराईको जोड थियो ।

पुरानो राजनीति र यथास्थितिवादको जगमा मुलुकको विकास हुन नसक्ने भन्दै उहाले नयाँ चिन्तन र शक्तिले राष्ट्रलाई समृद्धि बनाउन अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ