डिग्री पास युवायुवतीलाई बिना ब्याज १० लाख उपलध गराउनुपर्ने अनेरास्ववियुको माग

डिग्री पास युवायुवतीलाई बिना ब्याज १० लाख उपलध गराउनुपर्ने अनेरास्ववियुको माग

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ, २९ चैत्र । अनेरास्ववियुले डिग्री पास गरेका युवायुवतीलाई सरकारले बिना ब्याज १० लाख उपलध गराउनुपर्ने माग गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले ब्याच्लर पास गर्नेलाई ७ लाख र प्लस टु गर्नेलाई ५ लाख ऋण उपलब्ध गराउन माग गरेको हो ।

नेपालमा सर्टि्फिकेटको महत्व नभएको भन्दै आफूहरुले कुनै उत्पादनशिल क्षेत्रमा काम गर्न सर्टि्फिकेटका आधारमा सरकारलाई रकम उपलब्ध आग्रह गरेको उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो ।

सरकारले यसरी रकम उपलब्ध गराए विदेश जाने मनसाय बनाएका नेपाली कामदार नेपालमा नै काम गर्न हौसिने पनि उहाँले बताउनुभयो ।

यस्तै अनेरास्ववियुले वर्षेनी सरकारले शिक्षामा बजेट घटाइरहेको भन्दै यस बर्ष २५ प्रतिशत बजेट छुट्याउन माग समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी