विप्लव निकट अखिल क्रान्तिकारीद्वारा एक महिने संघर्षका कार्यक्रम घोषणा

विप्लव निकट अखिल क्रान्तिकारीद्वारा एक महिने संघर्षका कार्यक्रम घोषणा

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

२९ चैत्र काठमाडौं ।  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले स्ववियु निर्वाचन तत्काल गर्न माग गर्दै एक महिने संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्रान्तिकारीले ६ बुँदे संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले त्रिवि प्रशासन स्ववियू निर्वाचन रोक्ने षड्न्त्र गरिरहेका भन्दै आपत्ति जनाए । अध्यक्ष सिहंले भने, “विभिन्न संगठनहरुको चाहनामा त्रिविले निर्वाचन रोक्न षड्न्त्र गरिरहेको छ । यो तरिका हाम्रो संगठनको लागि स्वीकार्य हुँदैन । स्ववियू चुनाव मिति तत्काल गर्नु तोक्न त्रिविसँग माग गर्दछौं ।”
स्ववियू निर्वाचनसम्बन्धी प्रावधान पञ्चालयतकालीन रहेको भन्दै पूर्ण समानुपातिक र वैज्ञानिक ढंगले निर्वाचन गर्ने प्रावधान राखिनुपर्नेमा सिंहले जोड दिए ।
“विभिन्न बाहनाबाजी गरी त्रिभुन विश्वविद्यालयले स्ववियू निर्वाचन भाँड्ने षड्यन्त्र गरी रहेकोले त्यसविरुद्ध आन्दोलन गर्ने” पत्रकार सम्मेलनम  वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ । त्रिविभित्रका भ्रष्टाचार र गलत कार्यको ढाकछोप गर्न निर्वाचन भाड्न खोजेको  अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा बताए ।

केही विद्यार्थी संगठनले त्रिविले टुंग्याइसकेको उमेर हदको प्रावधानविरुद्ध लविङ गरिरहेकोमा आपत्ति जनाउँदै स्ववियू निर्वाचनलाई नयाँ प्रावधानमा गर्नुपर्ने र समानुपातिक रुपमा गर्नुपर्ने बताए ।

संघर्ष कार्यक्रमअनुसार चैत्र २९ देखि २०७३ बैशाख ५ सम्म प्रचारप्रसार गर्ने र ज्ञापनपत्र र चेतावनी पत्र बुझाउने, बैशाख ६ गतेदेखि १५ गतेसम्म क्रियात्मक संघर्ष गर्ने रहेको छ ।

क्रान्तिकारीले अध्यक्ष सिंहको संयोजकत्वमा स्ववियु निर्वाचन मूल परिचालन कमिटी गठन गरिएको छ । साथै स्ववियू निर्वाचन प्रचारप्रसार लगायतका कार्य विभाजनसहित केन्द्रीय पदाधिकारीहरुको नेतृत्वमा उपसमितिहरु समेत गठन गरिएको सम्मेलनमा जानकारी दिइएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार लेखन संयोजकमा उपाध्यक्ष लालबहादुर तामाङ प्रतिवद्ध लेखन उपसमिति, प्रचारप्रसार उपसमिति संयोजकमा रामबहादुर बिक, परिचालन उपसमिति संयोजकमा गणेश रैकाल रहेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरुको पनि विभिन्न क्याम्पस हेर्ने गरी कार्य विभाजन गरिएको छ । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपाध्यक्ष लालबहादुर तामाङ, केन्द्रीय क्याम्पस कीर्तिपुरमा महासचिव दीपेन्द्र चलाउने, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सचिव रामबहादुर बिक र पद्म कन्या क्याम्पस बागबजारमा कोषाध्यक्ष आस्था घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।
सम्मेलनमा जाजरकोट जिल्ला अध्यक्ष प्रेमबहादुर शाहीलाई सरकारले गिरफ्तार गरेकोमा संगठनको ध्यानाकर्षण भएको जनाउँदै शाहीलाई बिना सर्त रिहाईको माग गरेको छ । शाहीलाई यही चैत्र २८ गते जाजरकोटबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

नीजि विद्यालयको मनपरी शुल्कप्रति आपत्ति
कार्यक्रममा नयाँ शैक्षिक सत्रको भर्नासँगै नीजि विद्यालयहरुले मनपरी शुल्क असुल्न थालेकोमा भन्दै  अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

अध्यक्ष सिंहले गत वर्ष शिक्षा मन्त्रालय, नीजि शैक्षिक संगठन, र विद्यार्थी संगठनहरुबीच भएको सहमति लागू गर्न सरकारसँग माग गरेका छन् र प्याब्सन र एनप्याब्सनलाई सहमति पालना गर्न आग्रह गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वाधीनतामाथि आँच पुग्ने गरी भारतीय शैक्षिक पाठ्यक्रम चलाइरहेका भारतीय शैक्षिक संस्थाहरु तत्काल खारेज गर्नुपर्ने माग गर्दै विदेशी शैक्षिक कार्यक्रम चलाउने कलेजहरुलाई समेत कार्यक्रम हटाउन अखिल क्रान्तिकारले माग गरेको छ ।

आग्रहलाई अटेर गर्ने शैक्षिक संस्थाहरुविरुद्ध सम्झौताहीन संघर्ष गर्ने अध्यक्ष सिंहले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी