प्रधानमन्त्री ओली र नेमकिपाका अध्यक्ष बिजुक्छेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र नेमकिपाका अध्यक्ष बिजुक्छेबीच भेटवार्ता

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ ।

कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम सुरु हुनुपर्ने बारेमा छलफल भएको थियो ।

करिब आधा घन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बताउनु भयो ।

एउटै घरमा चार दाजुभाइ भिन्नै बसेको र भूकम्पले घर भत्काएर सबैलाई घरविहीन बनायो तर एकजनाले मात्रै राहत पाउने अरूले नपाउने व्यवस्था हुँदा पीडितलाई न्याय नहुने भन्दै उहाँले स्थानीय निकायलाई यसको जिम्मा दिए सहज व्यवस्थापन गर्न सकिने धारणा राख्नु भयो ।
जवाफमा प्रधानमन्त्री ओलीले प्राधिकरणसँग छलफल गरेर यसबारेमा निर्णय लिने आश्वासन दिएको बिजुक्छेले जानकारी गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ