एमाले केन्द्रिय कार्यसमिति बैठक जारी

एमाले केन्द्रिय कार्यसमिति बैठक जारी

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ,२९ चैत्र ।
नेकपा एमालेको केन्द्रिय कार्यसमिति बैठक आजपनि जारी छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा महध्यान्न १२ बजेदेखी चलिरहेको बैठकमा अध्यक्ष ओलीको राजनितिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुको समुहगत छलफल गरिरहेका छन् । अहिलेसम्म ४ समुहका टोली नेताले आफ्नो धारणा राखिसकेका नेता केशव बडालले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो ।

धारणा राखिसकेपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन परिमार्जन गरी पारित गर्ने जनाइएको छ । यसअघि हिजो अध्यक्षको प्रतिवेदन माथि १० समुहमा विभाजन गरी समुहगत छलफल भएको थियो ।

अध्यक्षको प्रतिवेदनमा मुलुकको वर्तमान अवस्था, सरकारको काम कारबाही, पार्टीको आन्तरिक चुनौती र आगामी दिनमा खेल्नुपर्ने भूमिका लगायतका विषय समेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ