ट्रकको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

 ट्रकको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २९ चैत्र ।  

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखुमा गएराति ट्रकको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार आदमघाटस्थित राजमार्ग सुरक्षा सशस्त्र प्रहरी क्याम्पमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक रहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट काठमाडौँतर्फ आउदै गरेको ना ३ ख ८७ ३२ नम्बरको ट्रकले पाठक सवार बा ६१ प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका पाठकको उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ