प्रधानन्याधीशमा शुसीला कार्की सिफारीस

प्रधानन्याधीशमा शुसीला कार्की सिफारीस

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ, २८ चैत्र । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। आइतबार साँझ बसेको परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

संसदीय सुनुवाई पुरा गरेपछि उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुने छन्। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण ३० चैतबाट अनिवार्य अवकाश पाउँदै छन्।

संवैधानिक परिषद बैठकमा सभामुख ओनसरी घर्ती उपस्थित थिइनन्। सुमेरु अस्पतालमा उपचार गराइरहेकी घर्तीलाई प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालनै पुगेका थिए।

२००९ जेठ २५ मा जन्मिएकी कार्कीले ६५ बर्षे उमेर हद पुरा गर्दै २०७४ जेठ २५ गते अवकास पाउने छन्। उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त भएकी थिइन् भने २०६७ मंसिर २ गते स्थायी न्यायाधीश बनेकी थिइन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ