भूकम्पपीडितले घर पुनर्निर्माण गर्न अनुदानको पहिलो किस्ता पाउने

भूकम्पपीडितले घर पुनर्निर्माण गर्न अनुदानको पहिलो किस्ता पाउने

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, २८ चैत्र ।

आठ जिल्लाका भूकम्पपीडितले घर पुनर्निर्माण गर्न अनुदानको पहिलो किस्ता पाउने भएका छन् । गोर्खा, धादिङ, नुवाकोट, रसुवा, ओखलढुङ्गा, सिन्धुली, रामेछाप र मकवानपुरमा हरेक जिल्लाका एक गाविसका भूकम्प पीडितहरुले अनुदान पाउने भएका हुन् ।

आजदेखि एकैसाथ आठ जिल्लाका आठ वटा गाविसका ५ हजार ५ सय २ निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु भएको हो । सम्झौता भएको एक हप्ताभित्र घर पुनर्निर्माणका लागि पहिलो किस्ता दिनुपर्ने नीतिगत व्यवस्था छ ।

अनुदान सम्झौताको तयारीका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक तथा विज्ञहरुको टोली सम्बन्धित जिल्लाका गाविसमा पुगेका थिए । विज्ञहरुले स्थानीयस्तरमा राजनीतिक दल, स्थानीय प्रशासनसँग छलफल गरी पूर्वतयारी सम्पन्न गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ