सभामुख नजादा संवैधानिक परिषद्को बैठक स्थगित

सभामुख नजादा संवैधानिक परिषद्को बैठक स्थगित

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ,२८ चैत्र ।
प्रधानन्यायाधीश सिफारिस गर्ने बिषयमा छलफल गर्न बोलाईएको संवैधानिक परिषद्को बैठक सभामुख ओनशरी घर्ती उपस्थित नहुने भएपछि स्थगित भएको छ ।

सभामुख घर्ती अस्वस्थताका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी आएपछि प्रधानमन्त्री निवास बालुवाटामा बोलाईएको बैठक स्थगित गरिएको कानुन मन्त्री अग्नी खरेलले जानकारी दिनुभयो ।

आजको बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठतम न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने तयारी गरेको थियो ।

वर्तमान प्रधानन्याधिश कल्याण श्रेष्ठले उमेरहदका कारण चैत्र ३० बाट अवकाश पाउने भएपछि भावी प्रधान न्यायाधिशमा कार्कीको नाम सिफरिस गर्ने जनाइएको छ ।

कार्कीको नाम सिरफारिस भएपनि संसद सन्चालन सम्बन्धी नियमावली बन्न नसकेकाले तत्कालका लागि नियुक्ति भने नहुने भएको छ ।

नियमावली नबन्दासम्म सर्बोच्चको २५ औं तथा मुलुककै पहिलो महिला प्रधान्यायाधिश बन्न लाग्नु भएका कार्कीले कार्यबाहकको जिम्मेवारी समाल्नु हुनेछ ।
संबैधानीक परिषदको बैठक साझ पुन बोलाईएको भएपनि समय भने तय गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ