जुनबेशीमा डुम्जी पर्व भव्यताका साथ सम्पन्न

जुनबेशीमा डुम्जी पर्व भव्यताका साथ सम्पन्न

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

चैत्र २७ काठमाण्डौं ।  विगत वर्षहरुमा जस्तै यस वर्ष पनि टाशी थोङ्मेन महाविहार गुम्बा दुधकुन्ड १ जुनबेशीमा डुम्जी पर्व भव्यताका साथ सम्पन्न भएको छ । विश्व शान्ति र सम्पुर्ण प्राणीहरुको हितको लागि र लामा शेर्पाहरुद्धारा लामा गौन्बाहरुको धार्मिक विचारहरु माथि विजय भएको शुभ दिनको रुपमा यो पर्व मनाउदै आईएको हो ।

गुम्बा र गुरु रिम्पोर्चेको आफ्नै हातद्धारा निर्मित प्रतिमा अर्थात् देवता कुच्छप तेर्खापको को दर्शनको लागि विभिन्न गुम्बाका प्रमुख लामा, भियतनामी भिक्षु , विदेशी पर्यटक लगायत सम्पुर्ण बोद्धमार्गीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसैबीच डुम्जी पर्वकै अवसरमा नबिर्सौ आफ्नो भाषा यो हाम्रो पहिचान हो, नबिर्सौ आफ्नो सँस्कृति यो हाम्रो अस्तित्व भन्ने मुल नाराका साथ हिमालयन यति क्लब जुनबेशीद्धारा आयोजित १८ औँ खुल्ला शेर्पा स्याब्रु नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ । कार्यक्रममा जम्मा ७ समुहको सहभागिता रहेको थियो ।

जसमा नेपाल शेर्पा विद्यार्थी मञ्च जिल्ला कार्य समिति सल्लेरी प्रथम, च्यामोलोङमो युवा क्लव भकान्जे द्धितीय र सालाबेशी सामुदायिक संस्थाले तेस्रो स्थान ओगट्न सफल भएको छ । प्रथम हुन सफल नेपाल शेर्पा विद्यार्थी मञ्चलाई नगद रु १५ हजारको साथमा बुद्धको मुर्ति, द्धितिय हुने च्यामोलोङमो युवा क्लव भकान्जेलाई १२ हजार ५ सय र तृतिय हुने सालाबेशी सामुदायिक संस्थालाई १० हजार को साथमा प्रमान पत्र प्रदान गरिएको थियो । साथै अन्य सहभागी प्रतियोगी समुहहरुलाई पनि नगद ३ हजारको साथमा प्रमान पत्र वितरण गरिएको   छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ