एमाले केन्द्रिय कार्यसमिति बैठक आज पनि

एमाले केन्द्रिय कार्यसमिति बैठक आज पनि

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २८ चैत्र ।
सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रिय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बोलाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवम् केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल हुने नेता केशव बडालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा केन्द्रिय सदस्यहरुलाई १० समुहमा विभाजन गरी प्रतिवेदनमाथि छलफल हुनेछ । भोलीबाट प्रतिवेदनमाथि सदस्यहरुले बोल्नेक्रम सुरु हुने नेता बडालले बताउनुभयो ।

अध्यक्षको प्रतिवेदनमा मुलुकको वर्तमान अवस्था, सरकारको काम कारबाही, पार्टीको आन्तरिक चुनौती र आगामी दिनमा खेल्नुपर्ने भूमिका लगायतका विषय समेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ