आठ जिल्लामा अनुदान सम्झौता हुने , प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

आठ जिल्लामा अनुदान सम्झौता हुने , प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

  • आइतवार, चैत्र २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,२८ चैत ।

राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले भुकम्प प्रभावित आठ जिल्लामा आजदेखि आवास अनुदान सम्झौता गर्ने भएको छ ।

भुकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये आठ जिल्लाका आठ वटा गाउमा आज सम्बन्धीत गाविसका सचिव लाभग्राहीबीच अनुदान सम्झौता हुदै छ ।

चैत २१ मा सार्वजनिक गरिएका आठ जिल्लाका भुकम्पपिडितले अनुदान सम्झौतामा हस्ताक्षर गरेर बैंकखाता खोलेपछि भत्किएको घर निर्माण गर्न पहिलो किस्तामा ५० हजार रुपैया पाउनेछन् ।

पहिलो किस्ता स्वरुप आजबाट अनुदान सम्झौता हुने जिल्लाहरुमा सिन्धुलीको झागाझोलि , काभ्रेको रवीओपि , नुवाकोटको खरानीटार , रामेछापको ओख्रेनी ,गोरखाको हंसपुर ,ओखलढुङगाको रुम्झाटार ,रसुवाको ब्रिदिम र धादिङको मार्पाक रहेका छन् ।

सिन्धुपाल्चोक र मकवानपुरमा स्थानीय राजनितिक दलले गाउँ छनोटमा विवाद गरेपछि लाभग्राहीको सूची सार्वजनिक हुन सकेको छैन ।

प्राधिकरणका अनुसार काठमाण्डौ उपत्यका सहित भुकम्प अति प्रभावित १४ जिल्लाबाहेकका १७ जिल्लामा समेत विस्तृत घरधुरी सर्वेक्षण कार्य सुरु गरि बर्षातको समय अगावै आवास अनुदान सम्झौता गर्ने तयारी भईरहेको छ ।

यसैबीच , प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपि ओलीको अध्यक्षतामा आज बस्ने समितिको बैठकमा भुकम्पपछिको पुननिर्माणमा एनजिओलाई पनि सामेल गराउने बिषयमा छलफल हुने छ ।

हिजो बसेको प्राधिकरणको बैठकले सरकारले तोकेको क्षेत्र र मापदण्डमा काम गर्न ईच्छुक गैरसरकारी संस्थालाई परिचालन गर्ने कार्यविधि बनाउने बिषयमा आज छलफल गर्ने गरी एजेण्डा तय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ