सिन्धुलीको भुवनेश्वरीमा लागेको आगो अझै नियन्त्रणमा आएन

सिन्धुलीको भुवनेश्वरीमा लागेको आगो अझै नियन्त्रणमा आएन

  • शनिबार, चैत्र २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,२७ चैत ।

सिन्धुलीको भुवनेश्वरी गाविसमा हिजोदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

हिजो विहान १० बजेबाट सुरु भएको आगलागीबाट करिव ४२ घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कर्कीले जानकारी दिनुभयो ।

जंगल क्षेत्रतर्फ फैलदै गएको आगो नियन्त्रणका लागि बिहानैबाट नेपाली सेना र प्रहरीको टोली परिचालन गरिएको कार्कीले बताउनुभयो ।

स्थानीयले मल बनाउनका लागि पातपतिङ्गर जलाउने क्रममा बालेको आगो हावाहुरीका कारण फैलिएर आगलागी भएको थियो ।

आगलागीबाट भुवनेश्वरी–७ को मुर्कीबेसी र ९ को थाङ्ग्रे तथा रितस्थित दलित बस्ती जलेर ध्वस्त भएका छन् । अहिलेसम्म मानवीय क्षतीको भने कुनै जानकारी नआएको प्रजिअ कार्कीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ