काठमाण्डौ ,२७ चैत ।
मन्त्रीपरिषद बैठक नै बहिस्कार गरेर हिडेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारले गठन गरेको ‘संघीयता कार्यान्वयन उच्चस्तरीय समिति’ प्रति सार्वजनिक रुपमै आक्रोस पोख्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल दाङले आज गरेको साक्षात्कारमा बोल्दै उहाले समितिमा स्थानीय विकास मन्त्रालयलाई नसमेटेको भन्दै आक्रोस पोख्नुभयो ।
आफुलाई बिहान बोलाएर मन्त्रीपरीषद बैठक नै स्थगित गरि आफु हिडिसकेपछि बैठक बसेर समिति बनाइएको आरोप लगाउनु भयो । त्यो समितीमा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयलाई नराखिएकोमा उहाले प्रधानमन्त्रीसँग कुरा गर्ने बताउनु भयो ।
उहाले अहिले नै सरकारको विकल्प खोज्ने बेला भइनसकेको स्पष्ट पार्दै अझैं संविधान कार्यान्वयनका धेरै कामहरु बाँकी रहेको अबस्थामा सरकार परिवर्तनको कुरा गर्नु संविधानलाई कमजोर गराउने खेलमात्रै हुने दावी गर्नुभयो ।
उहाले जनताको विश्वास भए संबिधानअनुसार नै राजतन्त्र फिर्ता हुने दावी गर्दै जनताको विश्वास भए संविधानमा हिन्दू राज्य र राजतन्त्र आउन सक्ने बताउनु भयो ।
थापाले कुनै पनि व्यवस्था परिवर्तन गर्नका लागि अब फेरि पहिलाको जस्तै आन्दोलन गर्नु नपर्ने धाराण राख्नुभयो ।