हिन्दु राष्ट्रको माग गर्दै जुलुस प्रदर्शन

हिन्दु राष्ट्रको माग गर्दै जुलुस प्रदर्शन

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, २६ चैत्र । राजधानीमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै जुलुस प्रदर्शन भएको छ । राप्रपा नेपालबाट अलग्ग्एिको ‘समानान्तर राप्रपा नेपाल’ को विशेष पहलमा आज राजधानीमा प्रर्दशन भएको हो ।

जुलुसमा ॐ लेखिएका त्रिकोणात्मक झण्डा र राष्ट्रिय झण्डा प्रयोग भएका थिए । कार्यक्रमलाई ‘लाठी जुलुस’ बताइए पनि लाठी जुलुस स्थानीय प्रशासनबाट निशेधित भएकाले लाठीलाई झण्डा बोक्ने साधनका रुपमा प्रयोग गरिएको थियो ।

राजसंस्था पुनस्र्थापना गर, हिन्दु अधिराज्य कायम गर, संविधान २०७२ खारेज गर लगायतका नारा लगाउँदै प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको आयोजकहरुले बताएका छन् । रत्नपार्कको शान्ति बाटिकाबाट जुलुस सुरु भई, भद्रकाली, न्यूरोड, असन हुँदै भोटाहिटी पुगी कार्यक्रम समापन भएको थियो ।

कार्यक्रम ‘राष्ट्रिय जनसंघर्ष मोर्चा’का नामबाट आयोजना गरिएको थियो । जनसंघर्ष मोर्चामा २७ वटा साना मसिना दल तथा संघ संस्थाको आवद्धता रहेको मोर्चाका संयोजक श्याम तिमल्सिनाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ