धरानमा सामाजीक सुरक्षा भत्ता धरानका ५ बटा बैकबाट पाउने

धरानमा सामाजीक सुरक्षा भत्ता धरानका ५ बटा बैकबाट पाउने

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

नेपाल सरकारद्धारा प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता लिन सास्ती भोग्दै आएका सर्बसाधारण भने अबका दिनका सहज रुपमा धरानका ५ बटा बैक मार्फत भत्ता पाउने भएका छन ।

आज धरान उपमहानगरपालिकाको हलमा पत्रकार सम्मेलन गरि बर्षैदेखी सामाजिक सुरक्षा भत्ता थाप्दा सर्बसाधारणले भोग्दै आएको सास्तीलाई मध्य नजर गरि सेबा प्रदायक बैकहरुसंगको सहकार्यमा सहज रुपमा भत्ता पाउने सेवा प्रदान गरेको धरान उपमहानगरपािलकाका कार्यकारी अधिकृत टीका दत्त राईले जानकारी दिनुभएको छ ।

उहाका अनुसार बिषेशगरि बृद्धबृद्धा तथा अपा¨ता भएकाहरु सर्बसुलभ ढंगबाट सुरक्षा भत्ता पाउन भन्ने उदेश्यले यस्तो प्रक्रिया अपनाईएको बताउनु भयो ।

बिगतमा लिदै गरेको भत्तामा पारदर्शिता नदेखीएको तथा एउटै बैक माार्फत भत्ता प्रदान गरिने भएकोले बृद्धबृद्धाहरुलाई थाहा नहुने,लाईनमा बस्न समस्या हुने,अनाबश्यक दुख पाउने जस्ता झन्झटबाट समेत मुक्त हुने धरान उपमहानगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख सुनिल नेपालले बताउनुभयो ।

जसका लागी सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिले सहज र हरेक चौमासिक रुपमा रकम प्राप्त गर्नका लागी धरानका राष्ट्रिय बाणिज्य बैक,लक्ष्मी बैक,मेगा बैक,सानिमा बैक, र सिदार्थ बैकमा खाता खोली जुनसुकै बेला रकम झिक्न पाउने छ ।

नेपालका अनुसार रकम प्राप्त गर्न खोलीएको बैक खाता भने हरेक बर्षको श्रावण देखी मंसिर महिनामा सम्बन्धीत वडामा गई नविकरण गरेको समेत हुनुपर्नै छ  ।

यसरी सामाजिक सुरक्षा भत्तका लागी बैकमै खाता खोलीेने प्रकृयाबाट धराने जनताहरु लाभाम्बीत हुनुका साथै बाािषर््ाक रुपमा ब्याज पनि पाउने र झन्झटीलो प्रकृया पनि अपनाउन नपर्नै भएको छ ।

धरान नगरपालिकाका अनुसार धरानका २७ बटा बडा मध्ये राष्ट्रिय बाणिज्य बैकमा बडा नम्बर २,३८,१४,२२ लक्ष्मी बैकमा बडा नम्बर ९,१,३,१६,२०,२४ मेगा बैकमा बडा नम्बर ५,६११,१५,२३ सानिमा बैकमा बडा नम्मबर १,४,१२,१७,२१,२७ र सिदार्थ बैकमा बडा नम्बर ७,१०,१८,१९,२५,र २६ का सामाजिक सुरक्षा भत्ता पाउने लाईकका जनताले खाता खोल्नुपर्नैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ