बार एसोसिएशनको अध्यक्षमा केसी विजयी ,केसी प्यानलकै वर्चस्व

बार एसोसिएशनको अध्यक्षमा केसी विजयी ,केसी प्यानलकै वर्चस्व

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौ, २६ चैत्र। नेपाल बार एसोसिएशनको अध्यक्षमा कांग्रेस निकट लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी हुनुभएको छ । केसीको नेतृत्वमा रहेको लोकतान्त्रिक प्यानलले अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहित विभिन्न १९ पदमा जीत हात गरेको छ ।
निर्वाचनमा तीन उपाध्यक्ष र तीन सदस्य भने प्रगतिशील समूहका विजयी भएका छन् । ६ जना उपाध्यक्ष मध्ये ४ जना केसी समूहकै विजयी भएका हुन् ।
अध्यक्ष पदमा केसीका प्रतिस्पर्धी विजयकान्त मैनाली एकसय बढी मतले पछि परेका निर्वाचन समितिले जनाएको छ।

महासचिवमा केसी समूहकै खम्बबहादुर खातीले मैनाली समूहका दिनमणि पोखरेललाई पराजित गर्नु भएको छ । यस्तै , कोषाध्यक्षमा मैनाली समूहका हरिबहादुर खड्कालाई पराजित गर्दै केसी समूहका ज्ञानरत्न शाक्यले विजयी हुनु भएको छ ।

मध्यपश्चिम र सदुरपश्चिमको उपाध्यक्ष, महिला उपाध्यक्ष तथा दुई सदस्यमा भने प्रगतिशिलका उम्मेदवारले जित हात पारेका छन् ।
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाबीच प्रतिस्पर्धा भएको थियो । चैत्र २० गते देशका विभिन्न ३३ स्थानमा भएको निर्वाचनको २३ गतेबाट मतगणना थालिएको थियो । चार दिन लामो मतगणनापछि बारको २४औं कार्यसमितिमा नयाँ नेतृत्व चयन भएका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ