काठमाडौ ,२६ चैत्र ।
यसवर्षको एसएलसी परीक्षा आज सकिदैछ । परीक्षाको अन्तिम दिन आज विद्यार्थीहरुले ऐच्छिक तृतिया विषयको परीक्षा दिइरहेका छन् ।
गत चैत्र १८ गतेबाट सुरु भएको परीक्षाको प्राविधिक तर्फको परीक्षा भने चैत्र २९ गतेमात्र सकिने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
यसवर्ष पहिलो पटक लेटर ग्रेडिङ प्रणालीमा परीक्षाको नतिजा प्रकाशित हुदैछ । परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्राक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।
जसमा नियमित तर्फ ४ लाख ५२ हजार ८ सय ८२ र आंशिक तर्फ एक लाख ५९ हजार ४ सय १७ जना परीक्षार्थी सामेल छन् । यस्तै प्राविधिक तर्फ ३ हजार २ सय विद्यार्थी सहभागी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline