संवैधानिक परिषदको बैठक आज बस्दै

संवैधानिक परिषदको बैठक आज बस्दै

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ, २६ चैत्र ।
सर्बोच्च अदालतमा प्रधान न्यायाधिश नियुक्ति गर्ने विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज बस्दैछ ।

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएसँगै संवैधानिक परिषदले पूर्णता पाएपछि बस्न लागेको हो ।

वर्तमान प्रधानन्याधिश कल्याण श्रेष्ठले उमेरहदका कारण यसै साता अवकाश पाउनेभएपछि वरिष्ठतम न्यायाधिश सुशिला कार्कीलाई नियुक्ति गर्ने विषयमा आजको बैठकमा छलफल हुनेछ ।

संसदीय सुनुवाई समिति गठन नभएको तथा संवैधानिक परिषदे पूर्णता पाउन ढिलाई भएकाले कार्कीको नाम हालसम्म सिफारिस हुन सकेको छैन ।

आजको बैठकले भावी प्रधानन्यायाधिशमा कार्कीको नाम सिफरिस गर्ने जनाइएको छ । कार्कीको नाम सिरफारिस भएपनि संसद सन्चालन सम्बन्धी नियमावली बन्न नसकेकाले नियुक्ति भने तत्काल नहुने भएको छ ।

नियमावली नबन्दासम्म सर्बोच्चको २५ औं तथा मुलुककै पहिलो महिला प्रधान्यायाधिश बन्न लाग्नु भएका कार्कीले कार्यबाहकको जिम्मेवारी समाल्नु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ