फेरी लोडसेडिङ ३ घण्टा घट्यो

फेरी लोडसेडिङ ३ घण्टा घट्यो

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाण्डौ , २५ चैत्र । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा दैनिक ३ घण्टासम्म लोडसेडिङ घटाएको छ ।

दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको अहिले ९ घण्टासम्म झरेको छ । विद्युत उत्पादन साविकको भन्दा बढेपछि तालिकाभन्दा कम अवधि लोडसेडिङ गर्न सम्भव भएको प्राधिकरणले जानकारी दिएको छ ।

केही दिनदेखि विद्युत उत्पादन हुने नदीहरुमा पानीको मात्रा बढेपछि विद्युत उत्पादन बढेको प्राधिकरणको भनाइ छ । तर, तत्काल घोषित रुपमा लोडसेडिङ नघट्ने प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी गराउनुभएको छ ।

दुई हप्ताअघि एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले दिनमा एक घण्टा लोडसेडिङ घटाएको थियो । अहिले हप्तामा ७७ घण्टा लोडसेडिङ हुने तालिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी