भक्तपुर, २५ चैत ।
डोलेश्वर निम्न माध्यामिक विद्यालयले आफ्नो रजत जयन्ती एक कार्यक्रमका बीच भब्य रुपमा मनाएको छ । रजत जयन्तीको उद्घाटन जिल्ला शिक्षा अधिकारी दिनेश कुमार श्रेष्ठले गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै जिशिअ श्रेष्ठले विद्यालयले २५ वर्ष सम्म शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा प्रशंसा गर्दै आजको प्रतिस्पर्धाम्मक शैक्षिक क्षेत्रमा नविनतम सोच र कार्यले मात्र विद्यालयको शैक्षिक स्तर माथि बढाउन सरोकारवालाको भूमिका ठूलो र महत्व हुने बताउनुभयो ।
कार्यक्रममा देवीमाँ कुञ्जका अध्यक्ष डा. सरीता श्रेष्ठ, महानगरीय प्रहरी वृत जगातीका प्रमुख मित्रबन्धु शर्मा लगायतले सरकारी विद्यालयको अध्ययन अध्यापन निजी विद्यालयको तुलनामा कम नरहेको बताउनु भयो । सो कार्यक्रममा सूर्यबिनायक नगरपालिका वडा नं. ७ का जेष्ठ नागरिक सानु माया त्यात र विद्यालयका ज्येष्ठ अभिभावक केशर बहादुर तामाङ्लाई दोसल्ला ओढाई कदर पत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरू, कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु तथा विभिन्न अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विरेन्द्र कायष्ठले विद्यालयको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम विद्यालयका शिक्षिका संगीता के।सीले सञ्चालन गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर खाईतुको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सो अवसरमा विद्यालयले स्मारिका विमोचन, सम्मान तथा पुरस्कार वितरण एवं साँस्कृतिक कार्यक्रमको आयोजना ग¥यो ।