एजेण्डामा प्रवेशै नगरी नियमावली मस्यौदा समितिको बैठक स्थगित

एजेण्डामा प्रवेशै नगरी नियमावली मस्यौदा समितिको बैठक स्थगित

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ,२५ चैत्र ।
व्यवस्थापिका संसदको नियमावली पारित गर्ने तयारी सहित आज बसेको नियमावली मस्यौदा समितिको बैठक एजेण्डामा नै प्रवेश नगरि स्थगित भएको छ ।

सिंहदरबारमा अपरान्ह बसेको समिति बैठक अर्को सुचना जारी नभएसम्मका लागी स्थगीत भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले कार्यसमिति बैठकको कारण देखाउदै बैठक स्थगितको माग गरेको थियो । काग्रेसका प्रमु सचेतक चीनकाजी श्रेष्ठले बैठक केहि दिन स्थगित गर्न माग गर्दै दलका तर्फबाट आग्रह गर्नुभएको थियो ।

बैठकपछि बोल्दै एमाओवादी रामनारायण बिडारीले प्रमुख प्रतिपक्षको उपस्थीति बिना बैठक सन्चालन गर्न अप्ठ्यारो परेकाले आज छलफल हुन नसकेको बताउनु भयो ।

उहाले नियमालीको अभावमा संबिधान कार्यान्वयनमा नै समस्या देखिने भएकाले गम्भिर बन्न आग्रह गर्नुभएको थियो ।

गृहमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले आगामी जेठ १५ गते वजेट ल्याउने तयारी गरेपनि नियमावलीको अभावमा संसद बैठक बोलाउन नै कठिन भएकोतर्फ दलहरुलाई सचेत गराउनु भएको थियो ।

समितिमा सुनुवाई समितिको सदस्य सङख्यालाई लिएर तिब्र बिबाद छ । यस्तै सुनुवाई समितिमा आएको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकृत गरेमा खारेज हुने या दुईतीहाई सङख्या हासिल गर्ने भन्नेमा अझै सहमती हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ