बार निर्वाचनको मतगणना आज सकिदै

बार निर्वाचनको मतगणना आज सकिदै

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ २५ चैत्र । 

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज सकिदैछ ।

मोरङ, सिरहा, काठमाडौ र पुनरावेदन पाटन केन्द्रको मात्र मत गन्न बाँकी रहेकाले साँझसम्ममा परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

बाँकी रहेका केन्द्रको मतगणना बिहान ९ बजेपछि सर्बोच्च अदालतको परिसरमा सुरु हुनेछ । हालसम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक समुहका तर्फबाट अधिवक्ता शेरबहादुर केसीको प्यानलले अग्रता कायम राखेको छ ।

हिजोसम्मको गणना अनुसार केसीले ९ सय ९७ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यसी वर्तमान अध्यक्ष विजयकान्त मैनालीले ८ सय ५० मत पाउनु भएको प्रमुख निर्वाचन अधिकृत हरिकृष्ण निरौलाले जाकारी दिनुभयो ।

पदाधिकारी सहित २५ नयाँ कार्यसमितिका लागी ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । गत शनिबार सम्पन्न निर्वाचनमा कुल मतदाता सङख्या ९ हजार पाच सय २२ मध्ये सात हजार ८ सय ४५ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ