काठमाडौ २५ चैत्र । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पेश गर्नुभएको राजनितिक प्रतिवेदन माथि आज पनि छलफल हुदै छ । बैठक दि‘उसो ३ बजे पछि पार्टी कार्यलय धुम्बाराहीमा बस्ने छ । आजको बैठकमा यस अघि बोल्न बाकी रहेका सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।
बैठकले २७ गते शुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा समेत तय गर्ने नेता लाल बाबु पण्डितले जानकारी दिनु भयो ।
हिजोको बैठकमा ११ जनाले आ–आफ्ना धारणाहरु राखेका थिए । हिजो बोल्ने सदस्यहरुले कालोबजारी नियन्त्रण, पुननिमार्ण जस्ता विषयमा सरकारले ठोस काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
साथै सांगठनिक क्षेत्रमा समेत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले नै गुटगत व्यवहार सिर्जना गर्न खोजेको भन्दै आलोचना गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline