कालीकोट जिल्ला भर ७सय ७८ वटा सुधारीएका घट्ट निमाार्ण भएपछि उपभोक्ताहरुलाई सहज भएको छ । जिल्लाका अधिकाँस गाविसमा घट्ट निमार्णले उपभोक्ताहरुलार्य सहज भएको नविकरणीय उर्जा कालीकोले जनाएको छ । टाढा जानु पर्ने वाध्यता वाट मुक्ति पाउदै उपभोक्ताहरुले सहज रुपमा मकै,गहु,कोदो लगातका अन्न वालीहरु पिस्न थालेका छन ।
वैकल्पीक उर्जा प्रवद्धन केन्द्रको आर्थिक सहयोग द्धारा नविकरणीय उर्जा कालीकोट वाट ४सय ६९ र हुरेण्डेक नेपालको विभिन्न सहयोगी सस्थाको लगानी वाट ३०९ गरी जिल्लाभर ७सय ७८ वटा सुधारीएको घट्टहरु निमाणर््ा भएका छन ।
जिल्लाभर परम्मरागत रुपमा संचाल हुदै आएका २ हजार५ सय घट्टहरु मध्य ७सय ७८ वटा सुधारीएका घट्ट निमार्ण भएका हुन । हाल जिल्लामा १हजार ७सय २२ वटा परम्परागत घट्टहरु रहेको नविकरणीय उर्जाका प्रवन्धक नन्दकृष्ण अधिकारीले वनाउनु भएको छ ।
उहाका अनुसार समयको वचत,थोरै पानी वाट पनि संचालन गर्न सकिने, धेरै टाढा जान नपर्ने, छिटो पिस्न सक्ने ,र वन विनासलाई समेत रोक्ने हुननाले सुधारीएको घट्ट जिल्लामा विस्तार हुदै गएको छ । जिल्लाभर केही समय पछि परम्परागत घट्ट मुक्त जिल्ला घोषणा गर्ने तयारी समेत रहेको नविकरणीय उर्जा कालीकोटका प्रवन्धक अधिकरीले वताउनु भएको छ ।