काठमाडौ ,२४ चैत्र ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ ।
मतगणना अहिले सर्बोच्च अदालतको परिसरमा भइरहेको छ । हालसम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक समुहका तर्फबाट अधिवक्ता शेरबहादुर केसीको प्यानलले अग्रता लिएको छ ।
साँझ ५ बजेसम्म २६ मतदान केन्द्रको २ हजार १ सय ७५ मत गणना भएको छ । जस अनुसार केसी १ हजार ७६ मतका साथ अग्रस्थानमा रहनुभएको छ । भने अध्यक्षका अर्का प्रत्यसी वर्तमान अध्यक्ष विजयकान्त मैनालीले ९८९ मतका साथ केसिलाई पछ्याईरहनुभएको छ ।
यस्तै महासचिवमा दिनमणी पोख्रेल ९९१ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने खम्म बहादुर खाती ९८८ मतका साथ पाखे्रललाई पछ्याईरहनुभएको छ । यस्तै कोषध्यक्षमा ज्ञानरत्न शाक्यले ९९३ मत , हरीबहादुर खडका ९५८ मत ल्याउनुभएको छ । भोली साझ सम्ममा मतगणना सक्ने लक्ष लिएको भएपनि सम्भव नदेखिएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवत्ता हरिशंकर निरौलाले जानकारी दिनुभयो ।
पदाधिकारी सहित २५ नयाँ कार्यसमितिका लागी ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । गत शनिबार सम्पन्न निर्वाचनमा कुल मतदाता सङख्या ९ हजार पाच सय २२ मध्ये सात हजार ८ सय ४५ मत खसेको थियो ।