नेकपा एमाले पोटिब्युरो बैठक जारी

नेकपा एमाले पोटिब्युरो बैठक जारी

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ,२४ चैत्र ।
सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारी छ । पार्टी केन्द्रिय कार्यलय धुमबाराहीमा माध्यन्नदेखि जारी बैठकमा अध्यक्ष ओलीले पेश गर्नुभएको राजनितिक प्रतिवेदन माथि छलफल शुर भएको छ ।

यसअघि हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनितिक अवस्था र सरकारको कामकारबाहीको समिक्षा समेटिएको प्रतिवेदन पेश गर्नुभएको थियो ।

ओलीले प्रतिपक्षी कांग्रेसका कारण मुलुकमा अस्थितरता आउन सक्ने प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । नयाँ संविधान कार्यन्वयनमा कांग्रेसको असहयोगका कारण अस्थितरता उत्पन्न हुन सक्ने ओलीको ठहर छ ।

नयाँ संविधान कार्यन्वयनमा पार्टीको भूमिका, प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमण तथा भूकम्पपछिको पुनरनिर्माण लगायतका विषयमा पनि बैठकमा छलफल हुने नेता युवराज  ज्ञवालीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ