काग्रेसको संसदिय दलको नेतामा सभापति देउवा निर्वाचित

काग्रेसको संसदिय दलको नेतामा सभापति देउवा निर्वाचित

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाण्डौ ,२४ चैत ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

पार्टी संसदीय दलको कार्यलय सिंहदरबारमा भएको आज भएको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा दलको नेता निर्वा्चित हुनुभएको हो ।

कुल २०६ मत खसेकोमा देउवाले १३९ मत पाउनुभएको छ । पौडेलले भने ६७ मत मात्र पाएका छन् ।

स्वास्थ्य अवस्थाका कारण मतदानस्थलमा उपस्थित हुन नसक्नुभएका निलाम्बर आचार्यले मतदान गर्नुभएन भने खुट्टाको सल्याक्रिया गराएर बस्नुभएका रामशरण महतले वारिसनामा मार्फत मतदान गर्नुभएको थियो ।

१३ औ महाधिवेशनमा मतदान प्रक्रिया लामो भएको भन्दै आलोचना भएपछि संसदिय दलको चुनावमा भने काग्रेसले आज बिद्युतिय मतदान प्रणली अपनाएको थियो ।
काग्रेसमा कुल २ सय ७ सासदहरु रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ