भारतसँग भएको सन् १९५० को सन्धि पुनरावलोकनका बिषयमा छलफल

भारतसँग भएको सन् १९५० को सन्धि पुनरावलोकनका बिषयमा छलफल

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौ ,२४ चैत्र ।

कूटनीतिज्ञ डा.भेषबहादुर थापाको संयोजकत्वमा गठित प्रबुद्ध समूहको नेपाली पक्ष र परराष्ट्रमन्त्री कमल थापाबीच परराष्ट्र मन्त्रालयमा छलफल भईरहेको छ ।

सन् १९५० को सन्धि लगायत नेपाल–भारतबीच भएका सन्धिरसम्झौता एवं सम्बन्धका सबै आयाम पुनरावलोकन तथा समयानुकूल समीक्षा गर्न नेपाल सरकारले सो समुह गठन गरेको थियो । त्यसमा सुर्यनाथ उपाध्याय, निलाम्बर आचार्य, राजन भट्टराई समेत सदस्य छन् ।

भारतमा पनि एक महिनाअघि नेपाल मामिला जानकार एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीको संयोजकत्वमा चार सदस्यीय समूह गठन भइसकेको छ ।

भारतीय प्रबुद्ध समूहको कार्यालय रक्षा मामिला अध्यन निकाय (आईडीएसए) परिसरमा राखिने भएको छ । समूहमा नेपालका लागि पूर्वराजदूत जयन्त प्रसाद र नेपाल मामिलाका जानकार डा.महेन्द्र पी लामा तथा प्राध्यापक बीसी उप्रेतीसमेत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ