काठमाडौ २४ चैत्र । सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रिय कार्यलय धुमबाराहीमा माध्यन्न १२ बजेपछि बस्ने बैठकमा अध्यक्ष ओलीले पेश गर्नुभएको राजनितिक प्रतिवेदन माथि छलफल हुने बताइएको छ ।
बैठकमा आजबाट प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्नेक्रम सुरु हुने नेता युवराज ज्ञवालीले जानकारी दिनुभयो । यसअघि हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनितिक अवस्था र सरकारको कामकारबाहीको समिक्षा समेटिएको प्रतिवेदन पेश गर्नुभएको थियो ।ओलीले प्रतिपक्षी कांग्रेसका कारण मुलुकमा अस्थितरता आउन सक्ने प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । नयाँ संविधान कार्यन्वयनमा कांग्रेसको असहयोगका कारण अस्थितरता उत्पन्न हुन सक्ने ओलीको ठहर छ ।
नयाँ संविधान कार्यन्वयनमा पार्टीको भूमिका, प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमण तथा भूकम्पपछिको पुनरनिर्माण लगायतका विषयमा पनि बैठकमा छलफल हुने ज्ञवालीले बताउनु भयो । यसैबीच हिजो बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।