ईयु सम्बद्ध देशका राजदुतद्धारा स्पष्टिकरण : नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको होईन

ईयु सम्बद्ध देशका राजदुतद्धारा स्पष्टिकरण : नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको होईन

  • मङ्लबार, चैत्र २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,२३ चैत ।

युरोपियन युनियन सम्बद्ध देशका राजदुतहरुले नेपालीको मन दुखाउने आफुहरुको उदेश्य नरहेको बताएका छन् ।

उप्रप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र ईयुका राजदुतहरुसँग आज भएको छलफलमा उनीहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालीको मन दुखाउने उदेश्य नरहेको स्पष्टीकरण दिएका हुन् ।

सो क्रममा परराष्ट्रमन्त्री थापाले नेपालको अन्तरिक मामिलामा चासो राख्नु र बिज्ञप्ती नै जारी गर्नु गलत भएको भन्दै युयुको यस्तो कदमप्रति नेपाल दुखित भएको बताईएको जनाईएको छ ।

भारत र युयुले विज्ञप्ती जारी गरि नेपालको संविधानलाई अपूर्ण भनिएको बिषयमा बुझ्न परराष्ट्रमन्त्री थापाले आज ईयुका राजदुतलाई बोलाउनु भएको थियो ।

केहि दिन अघि भारत र युरोपियन युनियन (ईयु)ले संयुत्त रुपमा बत्तव्य जारी गरि नेपालको नयाँ संबिधान अपूर्ण भएकोले तोकिएको समयभित्रै यसलाई परिमार्जन गर्न भनिएको थियो ।

युरोपियन युनियनले पहिले नै नेपालको संबिधानको स्वागत गरेपनि भारतसँगको संयुत्त बक्तव्यमा संबिधान अपूर्ण भनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ