बारको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज

बारको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज

  • मङ्लबार, चैत्र २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ २३ चैत्र । 

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज हुदैछ ।

बिहान ९ बजेपछि सर्बोच्च अदालतको परिसरमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । २५ सदस्यीय नयाँ कार्यसमितिका लागि मुलुकभर ३३ केन्द्रमा भएको निर्वाचनको मतपेटिका राजधानी आइपुगिसकेको छ ।

बारको नयाँ नेतृत्वका लागि चार जना अध्यक्षका प्रत्यसी चुनावी मैदानमा रहेका छन् । बृहत लोकतान्त्रिक कानुन व्यवसायीको समुहबाट अधिवक्ता शेरबहादुर केसी र बृहत प्रगतिशील पेसागत राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समुहबाट अधिवक्ता बिजयकान्त मैनाली प्रतिस्पर्धामा हुनुहन्छ ।

यस्तै पहिचान एवं संघियतावादी समुहबाट अधिवक्ता मनोहर साह र कानुन अध्यन समाज नेपालका तर्फबाट अधिवक्ता रामप्रसाद प्रजापति पनि अध्यक्षको प्रतिस्पर्धामा हुनुहन्छ ।

पदाधिकारी सहित २५ नयाँ कार्यसमितिका लागी ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा कुल मतदाता सङख्या ९ हजार पाच सय २२ मध्ये सात हजार ८ सय ४५ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ