काठमाडौ २३ चैत्र ।
सत्ता नेतृत्वकर्ता दल नकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक अपरान्न ३ बजेपछि पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बोलाइएको छ ।
पार्टीको केन्द्रिय विभागलाई पूर्णता दिने विषयमा नेताहरुबीच विवाद चुलिदै गएका बेला बैठक बोलाइएको हो । पोलिटब्युरो बैठक अघि एजेन्ड तय गर्न स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
एमालेमा नेताहरुबीच आफूनिकटलाई मात्रै विभाग र सल्लाहकारमा ल्याउनुपर्ने होडले विवाद चर्किएको स्रोतले बताएको छ ।
यसअघि गत बुधबार बसेको स्थायी कमिटी बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको प्रस्तावलाई ठाडै अस्विकार गर्नुभएपछि बैठक निष्कर्षबिहिन बनेको थियो ।
शिर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा महाधिवेशन भएको दुई वर्ष पुग्न लाग्दा समेत एमालेले केन्द्रीय विभाग र सल्लाहकार समितिलाई पुर्णता दिन सकेको छैन ।