२२,चैत २०७२ / आफ्नै घरमा लडेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता तथा पुर्ब अर्थमन्त्री डा।रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया र केहि दिनको अस्पताल बसाईपछि आज डिस्चार्ज भई घर फर्कनु भएको छ ।
ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डाक्टर चक्रराज पाण्डे लगायतका डाक्टरहरुको टिमले गत शुक्रबार उहाँको कुर्कुच्चाको जोर्नीको सफल शल्यक्रिया गरेको थियो ।
गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भर्याङबाट लडेर बायाँ गोडामा चोट लागेपछि उहाँलाई धापासी स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline