संसदीय दलको नेता चयन गर्न निर्वाचन कार्यक्रम सार्वजनिक

संसदीय दलको नेता चयन गर्न निर्वाचन कार्यक्रम सार्वजनिक

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,२२ चैत ।
नेपाली काग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले संसदीय दलको नेता र संसदीय दलको कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक समिति संयोजक रमेश रिजालले बताउनु भयो ।

दलको नेताको चुनाव चैत २४ गते र संसदीय दलको कार्यसमितिको निर्वाचन चैत २६ गते हुनेछ ।

दलको नेताको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे संसदीय दलको विधान, २०७२ को धारा ५ को उपधारा ५ अनुसार पुनः निर्वाचन हुनेछ ।

 

  •  मतदाता नामावली प्रकाशन : २०७२ चैत्र २२ गते उपरान्ह ४:३० बजे ।
  •     मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने) : चैत्र २२ गते अपरान्ह ४:३० बजे देखि ५:०० बजेसम्म ।
  •     मतदाताको दावी विरोधमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन : चैत्र २२ गते अपरान्ह ५:३० बजे ।
  •     मतदान केन्द्र :  नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबार काठमाडौं ।
  •     उम्मेदवारको लागि दरखास्त : चैत्र २३ गते मंगलबार विहान ९:०० बजे देखि १२:०० बजेसम्म ।
  •     उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क : रु २५,०००।– (पच्चीस हजार रुपैयाँ मात्र) ।
  •     उम्मेदवारको प्रथम नामावली प्रकाशन : चैत्र २३ गते दिउँसो १२:३० बजे ।
  •     उम्मेदवारको दरखास्त उपर दावी विरोध : चैत्र २३ गते दिउसो १२:३० बजे देखि १:०० बजेसम्म ।
  •     उम्मेदवारको दावि विरोधको जाँचबुझ गरी दोश्रो नामावली प्रकाशन : चैत्र २३  गते दिउसो १:३० बजे ।
  •     उम्मेदवारले नाम फिर्ता लिने : २०७२ साल चैत्र २३ गते दिउँसो १:३० बजे देखि २:०० बजेसम्म
  •     उम्मेदवारको अन्तिम नामावली प्रकाशन : चैत्र २३ गते दिउँसो २:०० बजे ।
  •     मतदान : २०७२ साल चैत्र २४ गते बुधबार विहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ